७१ ओटा सामुदायिक विद्यालयहरूमा ट्राफिक सचेतना कक्षा संचालन

रिपोर्ट नेपाल | 2022 Dec 23 | 08:08 am 1981

काठमाडाैं, पुस ८ः काठमाण्डौ महानगरपालिका संगको सहकार्यमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले महानगरपालिका अन्तरगतका ७१ ओटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा संचालन गरेको छ ।

काठमाडौं महानगरपालिका अन्तरगतका सामुदायिक विद्यालयमा अध्यनरत बालबालिकालाई ट्राफिक नियम सम्बन्धी सचेतना दिने उद्देश्यले कक्षा संचालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

विद्यालयको एसेम्बली समयमा दिइएको ट्राफिक सचेतनामा १४ हजार ५ सय ९० जना विद्यार्थीहरू लाभान्वित भएका छन् । सचेतना कक्षामा पैदलयात्रा गर्दा अपनाउनुपर्ने सावधानी, बाटो काट्दा ध्यान पुर्‍याउनु पर्ने कुराहरू एवं सडक सुरक्षा सम्बन्धी आधारभुत कुराहरू समावेश गरिएको थियो ।

कुल ८९ ओटा सामुदायिक विद्यालयमा ट्राफिक सचेतना कक्षा संचालन गर्ने उद्देश्यले गत मंसिर १५ गते देखि सुरु गरिएको यस अभियानमा ७१ ओटा विद्यालयमा कक्षा संचालन गरिएको र बाँकी रहेका विद्यालयमा पनि निकट भविष्यमै कक्षा संचालन गर्ने योजना रहेको छ ।

विद्यार्थीहरुले सिकेका सडक सुरक्षा सम्बन्धि ज्ञान उनीहरुका साथिभाई र अभिभावक सम्म फैलिने तथा विद्यार्थीहरु भावी सवारी चालक समेत भएकाले बालबालिकामै सिकेका कुराले दुर्घटना न्यूनिकरणका लागि महत्वपुर्ण भुमिका खेल्ने समेत प्रवक्ता भट्टले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.