बारा, फागुन २७: ६ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय अच्छेलाल चौधरी रहेका छन् ।
उनलाई फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बारा जिल्ला अदालतको २०७० माघ २० गतेको फैसला आदेशले लागूऔषध गाँजा मुद्दामा २ बर्ष ३ महिना र १० हजार जरिवाना ठहर भए पश्चात् फरार रहेका थिए ।
प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएका प्रहरी टोलीले २०७६ फागुन २६ गते पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सम्मानित अदालतको आदेशले निजलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ ।