६ थान भरुवा बन्दुक सहित एकजना पक्राउ

| 2021 Jan 09 | 07:35 pm 2369

स्याङजा, पुस २५ः चापाकोट नगरपालिका-३ ईनासकोट बस्ने ४७ बर्षीय गोपाल कामीलाई ६ थान भरुवा बन्दुक सहित  प्रहरीले पक्राउ गरेको छ ।

उनको घरभित्र अवैध हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मल्याङकोट र प्रहरी चौकी चापाकोटबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुकहरु फेला पारी कामीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.