तनहुँ, असार २८ः विभिन्न अपराधि कार्यमा संलग्न भई दर्ता भएको मुद्दाहरुमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका वडा नं १३ बेलबासका २५ वर्षीय गम्भिर थापा रहेका छन् ।
सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
सोही क्रममा सार्वजनिक अपराध मुद्दामा फरार रहेका थापा उपर जिल्ला अदालत तनहुँको मिति २०७२ चैत १६ गतेको फैसला उपर तोकिएको कैद जरिवानामा रु ५ हजार भुक्तान गर्न बाँकी रहेका थापाको खोजतालस गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
अभियुक्तलाई २०७७ असार २८ गते घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी कानूनी रितपुर्वक पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरिएको जनाइएको छ ।