५ जना फरार अभियुक्त पक्राउ

| 2021 Jul 14 | 07:41 pm 2713

तनहुँ, असार ३०ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका ५ जना फरार अभियुक्तलाई पक्राउ गरेकाे छ ।

उनीहरूकाे खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा सम्बन्ध बिच्छेद मुद्दामा बिगत ६ बर्ष पहिलेदेखी फरार रहेका १ जना, कुटपिट मुद्दामा बिगत ५ बर्षदेखी फरार रहेका २ जना र गाली बेइज्यती मुद्दामा बिगत ९ बर्षदेखी फरार रहेका १ जना गरी जम्मा ४ जनालाई मिति २०७८।०३।३० गते पक्राउ गरी तोकिएको जरिवाना भुक्तानको लागी सम्मानित तनहुँ जिल्ला अदालतमा उपस्थित गरिएकाे तनहुँ प्रहरीले जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.