काठमाण्डौ ०५ चैत / सोमबार बजार परिसूचक नेप्से ३.२७ अंकले बढेको छ। योसँगै नेप्से २०७३.५३ विन्दुमा पुगेको छ।
बजारमा २ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ। ७४ लाख कित्ता बढी कारोबार भएको दिन बजारमा ५ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
कारोबार अवधि सकिँदा १४८ वटा कम्पनीको सेयर बढेको छ भने ८५ वटाको घट्दा १० वटाको उही मूल्यमा कारोबार भएको छ।