५० हजार घुस लिँदा लिँदै वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 14 | 06:31 pm 2948

काठमाण्डौं, जेठ ३१ : वैदेशिक रोजगार विभागका कर्मचारी ५० हजार घुस लिँदा लिँदै गङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले बुद्वनगरमा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुंगानालाई रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियार स्रोतको अनुसार सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा ढुंगानालाई बुद्वनगर कार्यालयबाट पक्राउ गरिएको हो । ढुंगानाबारे थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.