४ किलो सुनहित एक चाइनिज नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 05 | 02:24 pm 2756

काठमाडौ, साउन २०:  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ किलो सुनहित चाइनिज नागरिक पक्राउ परेको छ। पक्राउ पर्नेमा चाइनिज नागरिक लि निंझी रहेका छन् ।

उनले हंकङबाट काठमाडौं ती  ४ किलो सुन लिएर आउँदा  एयरपोर्ट भन्सारले सोमबार समातेको हो।

उनलाई चेकजाँचका क्रममा बिस्कुट आकारको चार किलो अवैध सुन लगेजमा हालेर ल्याएकाे अवस्थामा पक्राउ गरिएको विमान स्थलका सुरक्षा प्रमुख डिआइजी सूर्यप्रसाद शिलवालले जानकारी दिए।

उनलाई थप अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा राखिएको डिआइजी शिलवालने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.