४४ राउण्ड गोलीसहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Dec 09 | 01:30 pm 2136

नुवाकोट, मंसिर २३: नुवाकोटमा ४४ राउण्ड गोलीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रातामाटा घर भएका आइतराम राई र उनको घरमा डेरा गरी बस्ने ३५ वर्षीय नारायणकाजी आलेमगर रहेका छन् ।

उनीहरु बेलकोटगढी नगरपालिका–७ रातमाटाबाट ४४ राउण्ड गोलीसहित पक्राउ परेका हुन् । प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले घरमा खानतलासी गर्ने क्रममा ४४ राउण्ड गोली फेला पारेको प्रहरीले जानकारी दिए ।

पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.