३ सय जनाबाट ६ करोड ठग्ने पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 19 | 03:42 pm 1767

काठमाडौं, असार ४ : वैदेशिक रोजगारीमा लग्ने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले नुवाकोट गणेशस्थान घर भइ तारकेश्‍वर नगरपालिका मनमैजु बस्ने प्रविन पौडेललाई मंगलवार हेटौडा उपहमानगरपालिकाबाट नियन्त्रणमा लिएको हो।

पौडेलले विशालनगर स्थित द एप्रिटेन्स नामको ट्रेनिङ सेन्टर खोली सिंगापुर पठाई दिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको देखिएको छ। उनले मासिक तलब स्केल ६ सय ५० डलर हुन्छ भनी भारतको दिल्ली र लखनउ पुर्‍याएर पानीजहाजमा काम गर्नेलाई दिइने तालिम समेत गराएको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा उनले ३ सय जना भन्दा बढी मानिसबाट छ करोड भन्दा बढी ठगी गरेको भन्ने खुल्न आएको छ। ठगी कार्यमा अन्य मानिसहरु समेतको संलग्नता रहेको भन्ने खुल्न आएकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.