काठमाडौं, जेठ ३० : साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या छानबिन गर्नका लागि गठित विशेष अनुसन्धान समितिले आज फेरि अर्को छापा मारेको छ ।
समितिले बुधबार बाजेको सेकुवामा पनि छापा मारेको छ । समितिले प्रतिवादी चेतनाथ भण्डारी सञ्चालक रहेको बाजेको सेकुवामा छापा मारेको हो । नक्साल, गैरीधारास्थित शाखामा समितिले बुधबार छापा मारेको छ ।
गत चैतमा सुन तस्करीको अनुसन्धान समितिले काम थालेपछि भण्डारी पनि फरार भएका छन् । सुन प्रकरणमा बाजेको सेकुवाका संचालक भण्डारीलाई प्रहरीले खोजी गरिरहेको छ।
जिल्ला अदालत मोरङमा दायर मुद्दामा भण्डारीलाई प्रतिवादी बनाएको छ। भण्डारी सुन तस्करीका नाइके भनिएका चुँडामणि उप्रेती गोरेका नातेदार हुन् ।