काठमाडौं, माघ १५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण श्रेष्ठले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै विशेष दालतमा मुद्दा दायर गरेको छ ।
श्रेष्ठविरुद्ध अख्तियारले १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ ८८ पैसा विगो दावी गर्दै मङ्गलबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
उनले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनि आयोगमा परेको उजुरीका आधारमा उनलाई जरिवाना र कैद सजाय दुबै माग गरेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयमा हुँदा ३३ किलो सुन तस्करीको अभियोगमा २०७३ साल पुस २७ देखि निलम्बनमा परेका थिए ।