३३ किलो सुन काण्डका फरार हरिशरण खड्का पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 11 | 03:22 pm 1718

काठमाडौं, असार २७ः चर्चित ३३ किलो सुन तस्करी गरेको आरोप लागेका फरार एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिशरण खड्का रहेका छन्। उनलाई शनिबार दुबईबाट काठमाडौं आएका अवस्थामा अध्यागमन विभागले त्रिभुवन विमानस्थलमा नियन्त्रणमा लिएको हो ।

इन्टरपोलको रेडक कर्नर नोटिसमा रहेका खड्कालाई नियन्त्रणमा लिइएको अध्यागमन विभागका एक अधिकृतले जानकारी दिए । ती अधिकृतका अुनसार पासपोर्ट नम्बर १००६६५९४ बाहक खड्का चार्टर्ड फ्लाईटमा त्रिभुवन विमानस्थल उत्रिएपछि चेकजाँचको क्रममा पक्राउ परेका हुन्।

चुडामणी उप्रेती ‘गोरे’को समूहले दुवईबाट ०७४ माघमा ल्याएको ३३ किलो सुन तस्करीमा संलग्न भएको आरोप लगेका खड्का फरार थिए । काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका खड्का लामो समयदेखि दुबईमा लुकेर बस्दै आएका थिए।

०७४ माघमा त्रिभुवन विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन ‘गोरे’ को समूहले दुबईबाट ल्याएको अनुसन्धानबाट खुलेको थियो । सो सुन हराएपछि तस्करको समूहले दिएको यातनाबाट मोरङ उर्लाबारीको सनम शाक्यको निधन भएको थियो । ०७३ पुसमा गोपाल बहादुर शाहिको समूहले तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन तस्करीमा पनि हरीशरण संलग्न थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.