काठमाडौं, साउन २७ः सरकारले भदौ ३१ गतेसम्म नेपाल प्रवेश गर्ने सबै नाका र यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।
सरकारका अर्थमन्त्री तथा सूचना मन्त्री युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन्।
यसका साथै सरकारले तोकेको १० वटा सीमानाकाबाट मात्र नेपाल प्रवेश पाउने गरी निर्णय गरेको उनले जानकारी गराएका छन्।
उनका अनुसार झापाको करभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डा चौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाउने बताएका छन्।
यसका साथै त्यसबाहेकका नाकाबाट नेपाल प्रवेश गरे कानुनी कारबाही गरिने मन्त्री खतिवडाले बताए।