२ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2024 Feb 06 | 08:57 am 233

काभ्रे, माघ २३। पनौती नगरपालिका-५ आईटी पार्कस्थित सडकबाट २ सय ८५ केजी अवैध लागूऔषध गाँजासहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-११ घर भई काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप, रामेछाप नगरपालिका-८ घर भई काठमाडौं बालाजु डेरा गरी बस्नेहरू २० वर्षीय संजिब तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन् ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.६ च २९६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा प्लाष्टिकको ७३ वटा बोरामा रहेको उक्त परिमाणको अप्रशोधित गाँजा फेला पारी चालक बुद्धमान र गाडीमा सवार संजिब र बिमलालाई पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.