२ जना चालक नराख्ने ४१ ओटा सवारी साधन कारवाहीमा

| 2022 Dec 15 | 07:48 pm 1421

काठमाडाैं, मंसिर २९ः लामोदुरीका यात्रुबाहक सवारी साधनमा २ जना चालक नराख्ने ४१ ओटा सवारी साधनका चालकलाई TRAFFIC COMMUNICATION APPLICATION (TCA) मार्फत ट्राफिक प्रहरीले कारवाही गरेको छ । काठमाडौँको नागढुंङगा नाकामा एप मार्फत चेकिङ गर्दा दुई जना चालक फेरबदल भएको नपाईएपछि कारवाही गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार TRAFFIC COMMUNICATION APPLICATION मा शुरुको गन्तव्यमै सवारी चालकको फोटो, सवारी चालक अनुमती पत्रको नम्बर र सवारी साधनको नम्बर अपलोड गरेपछी नागढुङगा नाका सहित सातै ओटा प्रदेशका १५ ओटा स्थानमा रहेको चेक प्वाईनटमा डाटा सर्कुलर भएका आधारमा चालक फेरबदल भए-नभएको एकिन गर्ने गरिन्छ ।

२०७५ माघ २८ गतेबाट शुरु भएको यो चेकिङ केही समय संचालन पछि कोभिड लगायत अन्य विविध कारणले रोकिएकोमा पुन: २०७९ असोज ३१ गतेबाट शुरुवात गरे पश्चात २ महिनाको अवधीमा ४१ ओटा सवारी साधनका चालक कारवाहीमा परेका हुन् ।

उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ६ को दफा १०४ मा पनि चालकको पालो फेर्नु पर्ने व्यवस्था अन्तर्गत लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रीबाहक सार्वजनिक सवारीमा कम्तिमा दुईवटा चालक अनिवार्य रूपमा राखी प्रत्येक छ घण्टापछि पालै पालोसंग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा सञ्चालन गर्ने व्यवस्थापक वा सवारी धनीको हुनेछ भनि भनिएको हुँदा ऐन अनुसार गर्नु पर्ने साथै तनाव र थकानले दुर्घटनाको जोखिम बढ्ने भएकाले अनिवार्य रुपले लामोदुरीका यात्रुबहाक सवारी साधनमा दुई जना चालकको व्यवस्था गर्न गराउन सबैको दायित्व हुने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.