काठमाडौं, साउन ७ । सामान्य प्रशासन मन्त्रालयले आइतबार २६ जना सहसचिवको नियमित सरुवा गरेको छ ।
जाजरकोटमा प्रमुख जिल्ला अधिकारी रहेका रामकुमार महतो र ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका गणेश अर्याल सहित २६ जना सहसचिवको सरुवा भएको हो । प्रमुख जिल्ला अधिकारी महतोको संघीय मामिला मन्त्रालयमा सरुवा भएको छ भने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

