२५ हजार भूमिहीनलाई सरकारले लालपूर्जा वितरण गर्ने

| 2023 May 29 | 05:32 pm 837

काठमाडौं, जेठ १५: यस वर्ष सरकारले २५ हजार भूमिहीनहरूलाई लालपूर्जा वितरण गर्ने भएको छ। अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट भाषण गर्ने क्रममा उक्त कुरा बताएका हुन् । भूमि आयोगमार्फत् २५ हजार भूमिहीनहरूलाई जग्गाधनी पूर्जा वितरण गर्ने बताए।

उनका अनुसार देशभरिकका ११० स्थानीय तहका २५ हजार भूमिहीनले यस्तो लाभ लिनेछन्।

त्यस्तै मालपोत र नापी कार्यालयलाई थप व्यवस्थित बनाइने र अनलाइन सेवा प्रवाह गर्ने उनको भनाइ छ। उनले सेवाग्राही अनलाइनमार्फत् नै नक्सा आदिलगायतका काम गर्न सकिने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.