काठमाडौंमा २५ जुवाडे प्रहरीको फन्दामा

रिपोर्ट नेपाल | 2019 Oct 27 | 09:02 am 1301

काठमाडौं, कात्तिक १०: अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा काठमाडौंको महाराजगञ्जबाट २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त जुवाको खालबाट प्रहरीले झण्डै ३ करोड रुपैयाँ बराबरको रकमसहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

गए राति पिपलमार्गमा रहेको विक्रम गौतमको दुई तले घरको भुइँ तल्लामा खेलिरहेका २५ जनालाई दुई करोड ७२ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँको चेक, ३२ ओटा कौडा र ४ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाए ।

उनीहरु सबैजनालाई अहिले प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ र यसबारेमा प्रहरीले अनुसन्धान थालेको जानकारी दिए ।

यस्तै कास्कीमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन् । उनीहरुलाई पोखरा महानगरपालिकाबाट गए राति १० लाख ५८ हजार ५ सय १० रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.