२५ किलो चाँदीका गहना सहित २ जना पक्राउ

| 2020 Jul 15 | 07:04 pm 2570

बारा, असार ३१ः अवैध रुपमा भन्सार छलीगरी नेपाल ल्याएका २५ किलो चाँदीको तयारी गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं ११ विश्वम्भरपुर टोलका ३२ वर्षीय ईन्द्रदेव प्रसाद यादव र प्रसौनि गाउँपालिका वडा नं ६ का ३८ वर्षीय वकिल अँसारी रहेका छन् ।

उनीहरुलाई कलैया मटिअर्वा सडक खण्डबाट बुधबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

ना ६१ प ७२०४ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको अवस्थामा चेकजाँच गर्द २५ किलो ग्राम चाँदीको तयारी गहना (पाउजु, झुम्का, सिक्रि समेत) फेला पारी पक्राउ हो ।

पक्राउ परेका उनीहरूलाई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज पठाईएको बताइएको छ ।

भन्सार छलीका कपडासहित १ जना पक्राउ

इलाका प्रहरी कार्यालय महेन्द्रआदर्श बाराबाट खटिएको प्रहरी गस्ती टोलीले आदर्शकोतवाल गाउँपालिका वडा नं ६ स्थित सडक खण्डबाट भन्सार छलीका कपडासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका वडा नं १० का १९ वर्षीय राजु प्रसाद यादव रहेका छन् ।

उनलाई ना४९ प १९०४ नम्बरको मोटरसाइकलमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको अन्दाजी मुल्य  १ लाख १० हजार बराबरको बिभिन्न रेडिमेड तयारी कपडा तथा मोटरसाइकल समेत फेला पारी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

यादवलाई बरामद कपडा तथा मोटरसाइकल सहित भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज पठाइएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.