२५० लिटर भन्दा बढी अवैध घरेलु मदिरा नष्ट

रिपोर्ट नेपाल | 2018 Oct 12 | 06:06 pm 2574

पाल्पा, असोज २६ : इलाका प्रहरी कार्यालय रामपुरले अवैध रूपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । बिक्री वितरणको लागि तयारी अवस्थामा राखिएको २५० लिटर भन्दा बढी अवैध घरेलु मदिरा इलाका प्रहरी कार्यालय रामपुरले आज (शुक्रबार) नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षक भोजराज पाण्डेयको कमाण्डमा खटिएको टोलीले रामपुर नगरपालिका वार्ड नं ३ रजगरा र वार्ड नं ५ भम्बक स्थित रहेका विभिन्न होटेलहरूमा बिक्री वितरणको लागि  तयारी अवस्थामा राखेकाे मदिरा बरामद गरी नष्ट गरेकाे हो ।

उक्त टोलीका प्रमुख निरीक्षक पाण्डेले सो कार्यमा संलग्नलाई स्थानीयहरूकै रोहवरमा अवैध मदिराको सेवन पश्चात् मानिसको शरीरमा पुर्‍याउन सक्ने शारीरिक,मानसिक,पारिवारिक र आर्थिक असर बारेमा करिब २० मिनेट सम्म सोही स्थानमा नै प्रशिक्षण समेत दिई उप्रान्त नगर्न सचेत समेत गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.