२२ वर्षपछि पाकिस्तानमा ‘नयाँशक्ति’ को उदय, पूर्व क्रिकेटर इमरान प्रधानमन्त्री बन्‍ने

| 2018 Jul 27 | 07:15 am 3992

पाकिस्‍तान, साउन ११: बुधबार पाकिस्तानमा २७२ सिटको लागि भएको आम निर्वाचनमा पूर्व क्रिकेट कप्तान इमरान खानले आफू विजयी भएको घोषणा गरेका छन्।

तर विपक्षीहरूले धाँधली भएको आरोप लगाएको सो निर्वाचनको परिणाम औपचारिक रूपमा घोषणा हुन भने बाँकी नै छ। भूतपूर्व क्रिकेट खेलाडी खानले एउटा टेलिभिजन सम्बोधनमा भने, “हामी सफल भएका छौँ र हामीलाई जनमत प्राप्त भएको छ।”

क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका पूर्वक्रिकेटर इमरान खानले २२ वर्ष लामो राजनीतिक संघर्षपछि सफल भएका छन्। खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुईवटा पुराना पार्टीलाई भने पछारिदिएका छन्।

देशको अस्थिरता र बेथितिलाई चिर्न सन् १९९६ मा पूर्वक्रिकेटर इमरान खानले नयाँ पार्टी गठन गरेका थिए । सन् २०१३ मा ३५ सीट जितेर संसदमा तेस्रो बनेको इमरानको पार्टी केन्द्रीय सत्ताको नजिक पुग्ने नयाँ पार्टी बन्न पुगेको छ ।

इमरानले खोलेको शक्तिले अन्ततः २२ वर्षको अथक प्रयासपछि जिन्ना र भुट्टो परिवारको विरासत बोकेका पुराना पार्टीहरुलाई पछाडि पारिदिएको छ।

पाकिस्तानको निर्वाचनले के देखाइदिएको छ भने जनताको पक्षमा राम्रो काम गर्न सकेनन् भने पुराना पार्टीहरुको भविश्य खराब हुन सक्छ।

मतदानका दिन एउटा मतदान केन्द्रबाहिर बम आक्रमण हुँदा ३१ जनाको ज्यान गएको थियो। तर निर्वाचन अभियानमा उनलाई पाकिस्तानी सेनाले सहयोग गरेको आरोप लागेको छ।

ECP staff compile the official results of the parliamentary elections in Islamabad. ─ AP

एउटा भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका भूतपूर्व प्रधानमन्त्री नवाज शरिफको दल र अन्य साना दलले निर्वाचनमा धाँधली भएको दाबी गर्दै परिणाम अस्वीकार गर्ने बताएका छन्।

खानले भने पाकिस्तानमा अहिलेसम्म भएकामध्ये यो नै सबैभन्दा स्पष्ट तथा निष्पक्ष निर्वाचन भएको टिप्पणी गरेका छन्। तर धाँधलीका आरोपहरूबारे छानबिन गरिने उनले बताएका छन्।

सो सम्बोधनमा खानले आफ्ना प्रतिद्वन्द्वीहरूलाई देशको विकासका लागि सहकार्य गर्न आह्वान गरेका छन्। कश्मीरको विवाद समाधान गर्न उनले भारतसँग वार्ता गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

PTI supporters dance to celebrate the victory of their party's candidate in Peshawar. ─ AP

संसद्को कुल २७२ स्थानका लागि भएको निर्वाचनमा ४९ प्रतिशत केन्द्रको मत गनिँदा खानको दल पीटीआईले १२० स्थानमा अग्रता लिएको निर्वाचन आयोगलाई उद्धृत गर्दै डन पत्रिकाले जनाएको छ।

बहुमत प्राप्त गर्न १३७ स्थानमा जित्नुपर्ने हुन्छ। झन्डै १० करोड ६० लाख मतदाता रहेको पाकिस्तानमा ५० देखि ५५ प्रतिशत मतदान भएको आकलन गरिएको एएफपीले जनाएको छ।

को हुन् इमरान खान?

KARACHI: Pakistan Tehreek-i-Insaf chairman Imran Khan and other party leaders, including former MNA Arif Alvi, at a rally in Gulistan-i-Jauhar on Tuesday. Imran Khan is in Karachi for a two-day visit to lead the party’s election campaign.—White Star

पैँसट्ठी वर्षीय इमरान खानले सन् १९९२ मा पाकिस्तानी क्रिकेट टोलीको नेतृत्व गर्दै विश्वकप जिताएका थिए। त्यसको चार वर्षपछि सन् १९९६ मा उनले सक्रिय राजनीतिमा प्रवेश गरे। तर राजनीतिमा स्थापित हुन भने उनले धेरै सङ्घर्ष गर्नुपर्‍यो।

आफ्नो पुरानो ‘सेलेब्रिटी प्लेब्वाई’ को छविलाई त्यागेका खान अहिले आफूलाई धार्मिक, जनप्रिय र विपन्नताविरोधी सुधारकका रूपमा चिनाउँछन्। आफू प्रधानमन्त्रीको भव्य निवासस्थानमा नबस्‍ने घोषणा उनले आफ्नो भाषणमा गरेका छन्।

आफ्नो निर्वाचन अभियानमा उनले उनले भ्रष्टाचाविरोधी नारा र पाकिस्तानमा विद्यमान राजनीनिक वंशहरूलाई तह लाउने वचनबद्धता व्यक्त गरेका थिए।

पिटाआर्इको उदय

PTI rise in pakistanको लागि तस्बिर परिणाम

पीटीआई पार्टी २२ वर्षअघि मात्रै स्थापना भएको हो। सन् १९९२ मा पाकिस्तानलाई क्रिकेट विश्वकप जिताउन प्रमुख भूमिका खेलेका क्रिकेटर इमरान खानको प्रयासमा यो पार्टी स्थापना भएको थियो । सन् १९९६ मा स्थापना भएको पीटीआईले त्यसको एक वर्षपछि भएको आम निर्वाचनमा आफ्ना सबै उमेद्वारले जमानत गुमाएको अवस्था सहनु परेको थियो ।

पीटीआईको खास उदय २०१३ पछि हुन थालेको मानिन्छ । त्यस वर्षको निर्वाचनमा उसले गरेका प्रदर्शनबाट उसले पाकिस्तानी राजनीतिमा पकड जमाएका स्थापित दुई ठूला पार्टीहरु पीपीपी र पीएमएलको विकल्पको रुपमा अघि आउन सक्ने सम्भावना देखाएको थियो ।

चर्को र क्रुद्ध भाषण गर्ने इमरान खानको पार्टीको उदयलाई पाकिस्तानको प्रगतिशिल पार्टी मानिने पीपीपीको घट्दो प्रभावले फाइदा पुर्‍याएको मानिन्छ । सन् २००८को आम चुनावमा सबैभन्दा ठूलो पार्टी भएको पीपीपी हाल निक्कै कमाजोर अवस्थामा पुगेको छ । यस निर्वाचनमा उसलाई बलियो प्रतिस्पर्धीको रुपमै हेरिएको थिएन । मुख्य प्रतिस्पर्धा नवाज शरिफको पार्टी र इमरान खानको पार्टीबीचमा मात्र देखिन्थ्यो ।

इमरान खानको पार्टीले सन् १९९९ मा सेनाले गरेको ‘कु’ को समर्थन गरेको थियो। पाकिस्तान स्थापनाको ७१ वर्षमा तेस्रो पटक कार्यकारी शासनको हस्तान्तरण निर्वाचन मार्फत हुन लागेको हो । जसबाट इमरान खान प्रधानमन्त्री बन्ने बलियो सम्भावना रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.