२२ लाख रुपैयाँ भन्दाबढीको इलेक्ट्रिक सिगरेट तथा सामान बरामद

| 2023 May 24 | 05:41 pm 589

रुपन्देही, जेठ १०ः जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचा ईलाकाबाट जेठ १० गते सशस्त्र प्रहरीले २२ लाख ३० हजार ५ सय ९० रुपैयाँको चोरीपैठारीको इलेक्ट्रिक सिगरेट, इलेक्ट्रिक आईटम्स्, मोटरपार्ट्स र लत्ताकपडा बरामद गरेको छ ।

बुधबार राति साढे १ बजे भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित सामानहरु प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा (बीओपी डण्डा) बाट खटिएका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुण शर्माको कमाण्डको टोलीले बरामद गरेको हो ।

सामान ल्याउने व्यक्तिहरु गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त सामानहरु छाडेर भागेका थिए । बरामद सामान भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.