पर्सा, पुस ७: जिल्लाको धोबिनी गाउँपालिका ५ स्थित बैरिया खोला नजिकै ठूलो परिणाममा अवैध लागूऔषध चरेश बरामद गरेको छ ।
सोमबार बिहान करिब ४ः १५ बजे बोर्डर आउट पोष्ट (बिओपी) भिस्वाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले अन्दाजी २१ केजी चरेश बरामद गरेको हो ।
बरामद गरिएको चरेश आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जानकारी दिए ।