२० वर्षपछि विवाह गरे वडाले १० हजार पुरस्कार दिने

| 2023 Mar 15 | 05:12 pm 2137

कालीकोट, चैत १ः कालीकोटको शुभकालिका गाउँपालिका -७ ले उमेर पुगेर विवाह गर्ने युवायुवतीलाई जनही दश हजार पुरस्कार दिने निर्णय गरेको छ । आजबाट लागु हुनेगरी महिलाको हकमा २० वर्ष पूरा गरेर विवाह गरेको पाइएमा ती महिलालाई दश हजार पुरस्कार दिने घोषणा गरेको हो ।

समाजमा बढिरहेको बालविवाहलाई रोक्न अबदेखि उक्त वडाका कसैले विवाह गरेमा वडा सरकारको सिफारिस लिनुपर्ने पालिकाले जनाएको छ । वडा नं. ७ का वडा अध्यक्ष  प्रेमबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा आज चैत १ गतेदेखि लागु हुनेगरी विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको जानकारी दिए। बालविवाह रोक्न यो नीति लिइएको पत्रमा उल्लेख छ ।

किर्डाक नेपाल कालीकोटका केस वर्केर जगत भट्टराईले अबदेखि वडाका कुनै पनि महिला र पुरुषले अन्य कुनै वडा वा जिल्लाबाट विवाह गर्नुपरेमा उमेर खुलेको प्रमाणपत्र लिएर वडाबाट सिफारिस अनिवार्य लिनुपर्ने नियम बनेको बताए ।

कसैले सिफारिस नलिई विवाह गरेमा वडाबाट प्रदान गरिने सबै सेवा सुविधा बन्द गर्ने र उमेर नपुगेको पाइएमा कानुनअनुसार कारबाहीका लागि वडाले निर्णय गर्ने भट्टराईले सुनाए ।

यसभन्दा अघि शुभकालीका गाउँपालिका वडा –४ ले पनि वडाको सिफारिसबिना विवाह गर्न नपाइने र गरिहालेमा केही सेवाबाट वञ्चित गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.