२० डीआईजीका लागि ३० एसएसपी प्रतिस्पर्धामा

| 2022 May 24 | 12:58 pm 365

काठमाडौं, जेठ १०ः गृहमन्त्रालयले पाँच एआईजीका लागि पाँच डीआईजीलाई सिफारिस गरेसँगै २० डीआईजी पदका लागि ३० प्रतिस्पर्धीहरुको दौडधुप सुरु भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सुरु भएसँगै प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवामा पनि दौडधुप सुरु भएको हो ।

हाल विश्वराज पोखरेल, सहकुलबहादुर थापा, रविन्द्र धानुक मात्रै एआईजी रहेका छन् । गत जेठ ६ गते बढुवा भएका एआईजी वसन्त लामा ७ गते नै उमेर हदका कारण अवकाशमा गइसकेका छन् । बाँकी रहेको पाँच दरबन्दीमा डीआईजीहरू उत्तम सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्द आचार्य र पूजा सिंहलाई बढुवा लागि सिफारिस गरिसकेको छ ।

धीरजप्रताप सिंहलाई आईजीपीमा नियुक्ति गरिसकेका कारण पोखरेलको पनि पद रिक्त वा यथावत भन्ने यकिन छैन । हाल बढुवाको सिफारिसमा परेका एआईजी र वर्तमान आईजीपी सिंह २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका हुन् । ३० वर्षे सेवा अवधि कायम रहेको खण्डमा उनीहरू सबै अबको ११ महिनापछि घर जानेछन् । त्यसपछि अहिले डीआईजी हुनेहरू नै आईजीपीको दावेदार रहनेछन् ।

अहिले रिक्त हुने २० जना डीआईजीका लागि ३० जना एसएसपी प्रतिस्पर्धामा छन् । उनीहरू तीन चरणमा बढुवा भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.