१ सय किलो सुन तस्करीमा संलग्न १७ जनालाई पठाइयो सीआईबीको हिरासतमा

| 2023 Aug 06 | 07:02 pm 1473

काठमाडौँ, साउन २१ । नेपालको हालसम्मको सबैभन्दा ठुलाे परिमाण करिब १ सय किलो सुन तस्करीमा संलग्न १७ जना आरोपीतलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ । उनीहरुलाई पुल्चोकस्थित राजस्व अनुसन्धान विभागले  साउन ३ देखी   हिरासतमा राखेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको केही समयमा सिनामंगलबाट करिब एक सय किलो सुन कारोबारमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।हालसम्म चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङसहित १७ जना हिरासतमा छन् ।

अहिलेसम्मको अनुसन्धान तथ्यसहित पक्राउ परेकाहरुलाई ब्युरोको जिम्मा लगाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

असार ३० मा  सो सुन् ‘रेडी ट्रेड प्रालि’ द्वारा आयात गरिएको अनुसन्धानबाट खुलेको छ ।  रेडी ट्रेडका संचालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका २१ वर्षीय दिलीप भुजेल हुन् । तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएकी भन्सार एजेन्ट रुक्मिना सुब्बा भने जिम्मा जमानिमा हिरासत मुक्त भएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.