१ नं. प्रदेश स्तरीय नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन-२०७७ सम्पन्‍न

रिपोर्ट नेपाल | 2021 Mar 24 | 04:09 pm 3181

काठमाडाैं, चैत ११२ः सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा नं. १ प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार-आत्म सम्मान तथा समृद्धिको आधार भन्‍ने मूल नाराकासाथ श्री पूर्वी पृतना हेड क्वाटर ईटहरीमा आयोजना भएको प्रदेश स्तरीय भूपू सैनिक सम्मेलन-२०७७ सम्पन्न भएको छ ।

No description available.

राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी शुरु भएकाे सम्मेलनमा नं. १ प्रदेशका १४ वटा जिल्लाहरुमा बसोबास गर्ने ६ हजार ६ सय ४३ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।

No description available.

उक्त सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले भूपू तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताएका थिए ।

No description available.

सम्बोधनकै क्रममा उनले नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७ कार्यान्वयन भएको उल्लेख गर्दै नेपाली सेनामा विद्यमान कल्याणकारी सुविधाहरुलाई विकेन्द्रिकृत, पारदर्शी एवम् परिणाममुखी र आत्मनिर्भर बनाउँदै हिताधिकारीहरुको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत समेत गरी कल्याणकारी कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेको समेत बताएका थिए ।

No description available.

उक्त कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक ९१ वर्षका सुन्दर हरैचा ५ निवासी सिपाही रत्‍न बहादुर पौडेल (अ.प्रा) र श्री फष्ट रैफल गण (तत्कालिन फष्ट रैफल गुल्म) बाट अवकास प्राप्त स्वर्गीय नवथ सिंह कार्की (अ.प्रा.) को श्रीमती वर्ष ९४ की जेष्ठ एकल महिला श्रीमती मांयादेवी कार्कीलाई सम्मान गरिएको थियो भने सर्वोत्कृष्ट लघु व्यवसायी बन्‍न सफल संखुवासभा जिल्ला खांदबारीका डम्वरु बल्लभ अधिकारी (अ.प्रा.) की श्रीमती हिमा अधिकारीलाई सम्मान गरिएको थियो ।

No description available.

उक्त समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १६ जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ८ जनालाई व्हिल चेयर, बैसाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

No description available.

भूपू सैनिकहरुको तर्फबाट अवकास प्राप्त रथीबृन्दहरु तथा भूतपूर्व सैनिक संघका सभापतिबाट सम्बोधन एवं बलाधिकृत रथी प्रभुराम शर्माको मन्तव्य सहित समापन भएको उक्त कार्यक्रम नेपाल टेलिभिजन प्रादेशिक शाखा ईटहरी तथा सोही टिभिको YouTube Channel र Facebook Page बाट समेत प्रत्यक्ष प्रसारण भएको थियो ।

No description available.

सम्मेलनमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी
अधिकृत, नेपाल ईन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत, बहालवाला एवं अवकाशप्राप्त सैनिक तथा परिवारहरु
र अन्य आमन्त्रित अतिथि तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

No description available.

यस प्रकारको सम्मेलनले अवकाश प्राप्त सैनिक व्यक्तिहरूको अवकाश पछिको जीवनमा थप उर्जा र शक्ति प्रदान गर्नुको साथै समाजमा सम्मानीत जीवन यापन गर्दै सेनाप्रति सकारात्मक सोचको विकास एवं राष्ट्रिय एकतामा टेवा दिन थप उर्जा तथा हौसला मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.