१९ वर्षीया स्वस्तिका बनिन् कांग्रेस सभापति

| 2021 Sep 04 | 03:39 pm 617

दैलेख, भदौ १९ः सत्तारुढ नेपाली कांग्रेसले दैलेखमा एक १९ वर्षीया किशोरीलाई वडा समिति सभापतिमा निर्वाचित गरेको छ । शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् ।

स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.