काठमाडाैं, साउन ३ः १९ करोडको चेकसहित एक मिटरव्याजी पक्राउ । पक्राउ पर्नेमा दोलखा साबिक पवटी गा.वि.स. वडा नं. ५ हाल मेलुङ गा.पा. वडा नं. १ घर भई हाल ललितपुर भैसेपाटीमा बस्ने ३३ वर्षीय गणेश उप्रेती रहेका छन् ।
उनीबाट दोलखा मेलुङ गाउँपालिका वडा नं. ७ घर भई भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. २ बस्ने चित्र बहादुर कार्कीको छोरा बर्ष ४० को प्रकाश कार्की र जिल्ला रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरे घर भैई हाल का.म.न.पा.वडा नं. ३२ कोटेश्वर बस्ने भगतलाल गुभाजुको छोरा वर्ष ६० को हेमरा गुभाजुले बिभिन्न मितिमा पटक पटक गरी व्यक्तिगत कामको लागि रकम लिएकोमा गणेश उप्रेतीले चर्को मिटर ब्याज लगाई प्रकाश कार्कीबाट पटक पटक गरी बिभिन्न मितिमा ४ कराेड १६ लाख रकमको चेकहरू र हेमराज गुभाजुबाट पटक पटक गरी ४ कराेड १४ लाख रकमको चेकहरु लिई सो बापतको रकम नदिएमा डर त्रास देखाई धाक धम्कि दिई बाहिर हिडडुल घुमफिर गर्न बन्देज गराई अपराधिक गिरोह समेतको प्रयोग गरी ज्यान मार्छु भनि ठगी गरेको भन्ने जाहेरी दरखास्त प्राप्त भएकोले निजलाई खोजतलास गर्ने क्रममा मिति २०७८।०४।०१ गते का.म.न.पा. वडा नं. ७ चाबहिल, मित्रपार्क स्थित द्रिशान्त अटोमोबाईल्स प्रा.लि. बाट पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको ब्यूराेले बताएकाे छ ।
साथै, निजको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० बराबरको चेक समेत बरामद गरीएको। निज प्रतिवादीले अन्य ब्यक्तिहरु समेतलाई चर्को मिटर ब्याजमा रकम दिने गरेको बुझिन आएकोले सो सम्बन्धमा अनुसन्धान भईरहेको बताइएकाे छ ।