१७ वर्षसम्म पनि रहष्यमै दरबार हत्याकाण्ड, १६ सरकार फेरिए यथार्थ पत्ता लगाउने दायीत्व कसको?

| 2018 Jun 02 | 07:42 am 4351

काठमाडौं, जेठ १९: नारायणहिटी दरबार हत्याकाण्ड भएको आज (शुक्रबार) १७ वर्ष पूरा भएको छ। १७ वर्षअघि अर्थात २०५८ साल जेठ १९ गते आजकै दिन तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्‍न हुन्छन् ।

उदार छविका राजा विरेन्द्र सबैसँ मिल्ने स्वभावका भएपनि राष्ट्रिय स्वाधीनताका पक्षमा दृढ थिए । भारतीय प्रभुत्ववादविरुद्ध प्रशंसायोग्य अडान लिएका कारण नेपाली जनता निकै प्रभावित थिए ।

राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुती, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।

घटनापछि तत्कालिन सरकारले छानबिन समिति गठन गरेपछि अझै हत्याको यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको प्रतिवेदन आउन सकेको छैन्। त्यसपछिका पटक-पटक गरी गिरिजाप्रसाद कोइराला, राजा ज्ञानेन्द्र शाह, लोकेन्द्र बहादुर चन्द, सूर्य बहादुर थापा, किर्तिनिधि विष्ट र तुलसी गिरी, पुष्पकमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टरार्इ, खिलराज रेग्मी, सुशील प्रसाद कोइराला, केपी शर्मा ओली लगायतले मुलुकको जिम्मेवारी सम्हाले । त्यसपछि बनेका १६ सरकार प्रमुखले नारायणहिटी प्रवेश गर्ने वित्तिकै भन्‍ने गर्छन, ‘दरबार हत्याकाण्डको रहस्य पत्ता लगाएरै छाड्छौं ।’ तर, राजा विरेन्द्रको हत्याको यथार्थ खोल्न दायित्व कसैले सम्झेनन्, घटना अहिले पनि रहस्यकै गर्भमा छ ।

नेपाली जनताले सधैं भन्ने गरेका छन्, राजा वीरेन्द्रको वंशनाश हुनेगरी गराइएको दरबार हत्याकाण्डको रहस्य पत्ता लगाइयोस् । त्यति मात्रै होइन, नारायणहिटी दरबार घुम्‍न आउने दर्शकले लेख्‍ने गरेका छन्, दरबार हत्याकाण्डको छानबिन होस् ।

दरबार हत्याकाण्ड कसल रच्‍यो? यसको उद्देश्य के थियो ? धेरैका आ-आफ्नै तर्क छन् । तर्क आ-आफ्नो आस्था अनुसार छन् । वस्तुनिष्ठ तर्क र विश्लेषण कसैको पनि छैन । जसरी मदन भण्डारी हत्या रहस्यको पोकोभित्र बन्द गरियो त्यसरी नै दरबार हत्याकाण्ड पनि त्यस्तै रहस्यको पोकोभित्र राखिएको छ । जुन पोको चाहिएको बेला खोलेर अरुलार्इ तर्साउने र धम्क्याउन सकियोस् ।

दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि नारायणहिटी संग्रहालयले दरबार हत्याकाण्ड भएको घर त्रिभुवन सदन निर्माण सुरु भएको छ । दरबार हत्याकाण्ड भएको स्थानको स्मरण गराउन त्रिभुवन सदन निर्माण सुरु गरिएको हो ।

संग्रहालय प्रशासनले एक वर्षभित्र तयार हुनेगरी दरबार हत्याकाण्ड भएको दीपेन्द्रको निवास त्रिभुवन सदन निर्माण गरेको हो । दरबार हत्याकाण्ड भएको स्थान विलियार्ड बैठक हेर्न लायक भएको केही समयपछि संग्रहालय प्रशासनले त्रिभुवन सदनको निर्माण सुरु गरेको हो ।

हत्याकाण्ड पछि अहिले नारायणहिटी दरबारलाई संग्राहलय बनाइएको छ। तर राजाले लगाउने गरेको श्रीपेच प्रदर्शनका लागि व्यवस्थापन हुन नसक्दा सर्वसाधारणले देख्‍न पाएका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.