काठमाडौं, भदाै २२ः १७औँ निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत हुने भएका छन् ।
निजामती दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने निजामती कर्मचारीहरूलाई पुरस्कृत गर्ने परम्परा अनुसार १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिने तय गरिएकाे हो ।
प्रशासन सिँहदरवार विशेष स्रोतलाई प्राप्त जानकारी अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना कर्मचारीहरूमा जनकराज दाहाल, सुशील कुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा रहेका छन् ।
यस वर्ष पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार कुनै कर्मचारीले पाएका छैनन् । प्रशासन डटकमबाट
पुरस्कृत हुनेहरूकाे सूचीः