१६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

| 2024 Sep 19 | 05:27 pm 313

काठमाडौँ, आश्विन ३ / संसदीय सुनुवाइ समितिले १६ जना राजदूतको नाम बहुमतबाट अनुमोदन गरेको छ ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन हुन बाँकी छ । समिति सभापति ईश्वरी न्यौपानेका अनुसार, श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको कागजात नपुगेकाले नाम अनुमोदन हुन नसकेको हो ।

शैक्षिक योग्यताको प्रमाणपत्रमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको उनले बताइन् ।

सभापति न्यौपानेका अनुसार शैक्षिक योग्यताको प्रमाणपत्र आएपछि उनको विषयमा थप छलफल गरिने छ । राजदूतको नाम अनुमोदन गर्दा विभिन्न दलका समिति सदस्यहरूको फरक-फरक मत आएपछि सर्वसम्मत भने हुने सकेन ।

यस्तै बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र अन्य दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.