१५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने तीन पक्राउ

रिपोर्ट नेपाल | 2019 May 23 | 07:08 pm 2061

म्याग्दी, जेठ ९ : प्रहरीले १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । जेठ ७ गते मध्यरातमा पिसाब गर्न भनी घर नजिकैको शौचालयमा जाँदा नाम परिवर्तन (सीता) सामूहिक बलात्कारको सिकार भएकी थिइन् ।

पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका–५ का वर्ष २६ को कृष्ण विक, सोही ठाउँका वर्ष २१ का विकास किसान र वर्ष १९ का प्रेम किसान रहेका छन् ।

उनीहरुले एक्कासी सीतालाई करणी गर्न दे नत्र मारिदिने भन्दै धाकधम्की देखाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको म्याग्दीका सूचना अधिकारी (इन्सपेक्टर) लक्ष्मण देवकोटाले जानकारी दिए ।

जंगलमा लगी बलजफत गरी चिच्याउन हारगुहार गर्न नदिई मुख थुनी पालैपालो सामूहिक बलात्कार गरेको बताइएको छ ।

सामूहिक जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले फरार रहेका उनीहरुलाई लुकिछिपी बागलुङ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको इन्सपेक्टर देवकोटाले बताए ।

पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणी मुद्दामा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट हिरासतमा राख्नको लागि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.