१४ लाख ६८ हजार घुसहित प्रमुख र इन्जिनियर पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 20 | 04:48 pm 1824

दोलखा, साउन ४:   सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख र इन्जिनियर १४ लाख ६८ हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियारको टोलीले प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाहलाई पक्राउ गरेको हो ।

प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार र शाहबाट एक लाख ३० हजार रकम बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

शुक्रबार साँझ दोलखाबाट काठमाडौं जाँदै गर्दा सिन्धुपाल्चोकको सुकुटेबाट उनीहरूलाई घुस रकमसहित पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए  । विशेष सूचनाकाे आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त रकम ठेकेदार र उपभोक्ता समितिबाट मिसनका रुपमा प्राप्त गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.