१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ

| 2023 Nov 03 | 01:04 pm 33493

धनकुटा, कार्तिक १७ ।  १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन् । ती बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-१५ भिन्डि बस्ती बस्ने २१ वर्षीय सुकलाल हस्दालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोमाबार दिउँसो आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.