काठमाडौं, बैशाख २९ : महानगरीय प्रहरी परिसर काठमाडौंले ११ वटा सरकारी अस्पताल हाता र त्यसको एकसय मिटर वरिपरी सुर्तीजन्य पदार्थको विक्री वितरण तथा सेवन गर्न नपाउने गरि विशेष अभियान शुरु गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबारदेखि लागू हुने गरी भियान शुरु गरिएको हाे ।
म्हानगरीयय प्रहरी वृत्त नयाँबानेश्वर, काठमाडौं महानगरको १०,३१ र ३२ वडा, प्रहरी सिभिल अस्पताल समन्वय समिति तथा १०, ३१ र ३२ वडाको सामुदायीक विकास केन्द्र र सामुदायीक प्रहरीको संयुक्त आयोजनामा सो अभियान अस्पताल परिसरबाट शुरु गरिएको हो । रयालीमा सहभागीहरुले अस्पताल परिसरमा सुर्तीजन्य पदार्थको विक्री तथा सेवन नगर्न चेतावनीसहितको पोस्टर अस्पताल र हाता वाहिर टाँसेको थियो ।
प्रहरी परिसर काठमाडौंले आजैदेखि सिभिल अस्पतालको साथै प्रसुती गृह थापाथली, कान्ति वाल अस्पताल महाराजगञ्ज, प्रहरी अस्पताल महाराजगञ्ज, त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज, सैनिक अस्पताल छाउनी, वीर अस्पताल महाबौद्ध, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, आयुर्वेद अस्पताल नरदेवी, शुक्रराज ट्रपिकल अस्पताल टेकुलगायत ११ वटा सरकारी अस्पताल परिसर र त्यसको एकसयमिटर वरिपरि सुतीृजन्य पदार्थको विक्री तथा सेवनमा रोक लगाइएको हो ।
सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन २०६८ अनुसार आजको १६ औं दिनदेखि त्यसक्षेत्रमा सुर्तीजन्य पदार्थ विक्री तथा सेवन गरे सार्वजनिक स्थलमै कारवाही गरिने परिसरको सामुदायीक शाखाका प्रमुख प्रहरी नायव उपरिक्षक राजेन्द्रप्रसाद पोखरेलले बतँएका छन ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक उत्तमराज सुवेदीले सो अभियानको सिभिल अस्पतालमा उद्घाटन गर्दै लागुपदार्थ दुव्र्यसनको प्रस्थान विन्दुको पहिलो चरण नै सुर्तीजन्य पदार्थको सेवन भएकोले यसलाई समयमै नियन्त्रण गर्नसके कोही पनि लागुपदार्थको दुव्र्यसनको शिकार नहुने विचार व्यक्त गरे ।