११ वर्षीया बालीकालाई जबरजस्ती करणी गरेको अभियोगमा राई पक्राउ

| 2023 Nov 12 | 03:50 pm 597

भोजपुर, कार्तिक २६ ।  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका-२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

  राईले ती बालिकालाई कात्तिक २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.