११२औं अन्तराष्ट्रिय महिला दिवस मुर्कुचीमा भब्यताकासाथ सम्पन्न

| 2022 Mar 08 | 09:54 pm 2313

  • शंकर रिखाम मगर

उदयपुर, फागुन २४ः दिगो भविष्यको लागि आजै देखि लैङ्गिक समानता भन्ने मुल नाराका साथ मनाइएको ११२औं अन्तराष्ट्रिय महिला दिवस नमुना माध्यामिक विद्यालय मुर्कुचीको प्राङ्गणम सम्पन्न भएको छ ।

No description available.

कन्चन महिला समुहकी अध्यक्ष कुमारी आले मगरको अध्य्क्षतामा सन्चालन गरिएको उक्त दिवसमा, प्रमुख अतिथि प्रदेश सभा सदस्य प्रदेश नम्वर १ का माननीय अम्विका थापाको उपस्थिति रहेको थियो भने, विशेष अतिथिहरुमा पूर्व सभासद विमला मिजार, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) उदयपुर तथा जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेल र एनसिइ का सचिव अजयकुमार साह, ओरेक नेपालकी सचिव सरिता पोखरेल, अम्बर रायमाझी, भरतवहादुर थापा लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

No description available.

लैङ्गिक विवेद आदि जस्ता कूप्रथा र परम्पराले शिक्षामा पारेको प्रभाव र यसको रोकथाममा शिक्षाको भूमिका सन्दर्भमा समुदायमा रहेको अगुवा महिलाहरुको नेतृत्वमा सडक नाटक तथा शिक्षामा महिलाको नेतृत्वको आवश्यकता विषयक वक्तृत्वकला प्रतियोगिता पनि समेटिएको थियो ।

May be an image of 7 people and people sitting

कार्यक्रममा स्वागत मन्तव्य दिदै रौतामाई ७ की वडासदस्य तथा नमुना मावि मुर्कुचीकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष फुलकुमारी आले मगरले सहभागिहरुलाई स्वागत गर्दै कानुनमा उल्लेख भए बमोजिम महिला हिंसा विरुद्धमा हामि महिलाहरुको गाउँ घर तथा छिमेकिहरुमा परिवर्तन आएको छकी छैन ? यदि परिवर्तन भएको छैन भने परिवर्तन गरिनुपर्छ नत्र कानुनको किताबमा मात्रा सिमित रहेने बताइन् ।

May be an image of 1 person, standing, sitting and outdoors

मन्तव्यको क्रममा प्रमुख अतिथि अम्विका थापाले नेपालमा पहिले सामन्तिले महिलालाई दासी बनायो, पुरुषहरुले सामन्तिवादी गरेर हामी महिलाहरुलाई बच्चा जन्माउने र मेशिन जस्तो काम गर्ने दासी बनाएको छ, अझै कति दासी बनेर सेवामा समर्पित हुने अधिकार पाउनको निम्ति अगाडि बढ्नुपर्छ । संविधानले दिएका अधिकार ३३ प्रतिशत हाम्रो अधिकार संविधानले सुनिश्चित गरेको छ । त्यसैले अधिकार पाएको दिन आज हामिले दिवसको रुपमा मनाउदै आइरहेको बताइन् ।

No description available.

त्यसैगरी महिलाहरुले गरेको श्रमको सम्मान छैन, महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने र महिलाको श्रममाथि स्वतन्त्र र सम्मान हुनुपर्ने श्रमको पहिचान, मान्यता हुनुपर्ने र सेवामा मात्र समर्पित नहोस भन्ने कार्यक्रमको उद्देश्य रहेको ओरेक नेपालकी सचिव सरिता पोखरेल बताइन् ।

त्यस्तै शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) उदयपुर तथा जाल्पा एकीकृत विकास समाज उदयपुरका अध्यक्ष पुष्पराज पोखरेलले दुनियाको पहिचान हो नारी, घरको गहना हो नारी, घरघरमा आमा, छोरी, बुहारी, दिदी बहिनी सम्पूर्ण हो नारी । त्यसैले नारीलाई सम्मान गरिनु पर्छ । महिला हिंसा होइन अधिकार बराबरी हुनुपर्ने बताए ।

May be an image of 8 people, people sitting and people standing

उमेर नपुग्दै बालविवाह गर्दा आमा र शिशुको स्वास्थ्य, शारिरिक, मानसिक र सामाजिक रुपमा पर्ने असर बालविवाह गर्दाको कानुनी दण्ड, सजाय र छोरा छोरीको भिन्नता छोरी हुँदा सन्तान तथा वंशनै मासिने र छोरीको लागि दाइजो जस्ता कुप्रथा मासियोस भन्ने सडक नाटक महिला समुहहरु र किशोर किशोरिहरुले प्रस्तुती गरेका थिए । वक्तित्वकला प्रतियोगितामा महिलहरुले महिला अधिकार कराएर, चिच्याएर पाउने हैन घरको दुई पक्षिय सम्झौता भएपछी अधिकारको कुरा मिल्दै जाने र समाजमा घरेलु हिंसा देखि सामाजिक, आर्थिक, नैतिक र शारिरिक रुपमा हिंसाहुन रोकिन सकेको छैन भन्ने तर्क वक्ताहरुले राखेका थिए ।

No description available.

वक्तित्वकला प्रतियोगितामा महिला समूह तर्फ ७ जना र किशोरी तर्फ ७ जना गरी १४ जनाले सहभागिता जनाएका थिए । जसमा महिला तर्फ प्रथम हुने वन्दना थापा, दोस्रो मिना श्रेष्ठ, तेस्रो सुष्मा सार्कि र चौथो स्थानमा भुमिका राई रहेकी थिइन् । त्यसैगरी किशोरी तर्फको सहभागिहरुमा प्रथम सुनिता तमाङ्ग, दोस्रो सन्ध्या वर्माशाखा, तेस्रो श्रेया पौडेल र चौथो स्थानमा रितिष्मा राउत निर्णायक मण्डलबाट छनौट गरिएका थिए ।

No description available.

उक्त विजयी सहभागिहरुलाई पुरस्कार स्वरुप करुवा सेट प्रदान गरिएको थियो भने सडक नाटक तर्फ राजावास रुपान्तरण समूह प्रथम र दोस्रो खानिटार समूह रहेका थिए । विजयी समुहलाई व्याग झोला र सरसफाई सामाग्री पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

May be an image of 4 people, people standing, tree and outdoors

साथै, कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुलाई स्थानीय कन्चन सामुहिक व्याग उद्योगद्वारा उत्पादन गरिएको व्याग मायाको चिनो स्वरुप कन्चन महिला समुहकी अध्यक्ष कुमारी आले मगरले प्रदान गरेकी थिइन् ।

May be an image of 2 people, people standing, outdoors and tree

दिवस रौतामाई गाउँपालिका वडा नम्वर ७, जाल्पा एकीकृत विकास समाज उदयपुर, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, हुरेण्डेक उदयपुर, ओरेक नेपाल, रौता समाज विकास केन्द्र, वडा बाल अधिकार समिती, सिएफएलजी समिती, किशोर किशोरी समूह र नमुना मावि मुर्कुचीको समन्वय तथा सहकार्य रहेको थियो, भने रौता समुदाय महिला हित केन्द्र मुर्कुची, कन्चन महिला बहुउद्देश्य सहकारी संस्था मुर्कुची, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) उदयपुर र जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा सम्पन्न भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.