काठमाडौं, चैत ४: द्वन्द्वकालीन समयमा राज्य पक्ष र बिद्रोही पक्षबीचको १० वर्षे जनयुद्धका बेला बेपत्ता परिाएका व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।
मुद्दाको टुङ्गो लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले को सूची सार्वजनिक गरेको हो।
विसं २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको बारेमा कुनै पनि जानकारी भए ललितपुरको पुल्चोकमा रहेको आयोगको कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ ।
यसका लागि पैसा तिर्नु नपर्ने फोन नम्बर १६६००१२२१११, आयोगको फोन नम्बर ०१५०१०१९६ र ०१५०१०१७९ मा फोन गर्न अथवा [email protected] वा [email protected] मा इमेल गर्न सकिनेछ ।
सूचना दिने व्यक्तिको नाम गोप्य राखिने आयोगले जनाएको छ । बेपत्ता पारिएका दुई हजार पाँच सय ६ जना व्यक्तिको खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको छ ।
सशस्त्र संघर्षमा बिराम लागेको १३ वर्षपछि सरकारद्वारा गठित आयोगले पहिलोपटक बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।
नामावलीहरु