१० वर्षमा तेलबाट चल्ने गाडी हटाएरै छाड्ने मुख्यमन्त्री पौडेलको दावी

रिपोर्ट नेपाल | 2018 Jun 07 | 06:30 pm 2933

२४ जेठ, हेटौंडा । अबको १० वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दावी गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा आर्थिक वर्ष ०७५र७६ को नीति तथा कार्यक्रम बोल्दै अबको १० वर्षसम्ममा पेट्रोलियम पदार्थबाट चल्ने गाडी हटाउने दावी गरेका हुन् ।

सरकरले समयानुकुल कार्यक्रमअघि सारेको बनाउँदै उनले साना सवारी साधनका कारण ठूला शहरमा बाक्लो सवारी चाप बढ्दै गएकाले अब सवारी साधनमा नियन्त्रण र विस्थापन जरुरी रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.