१० लाख घुससहित विद्युत प्राधिकरणका इन्जिनियर पक्राउ

रिपोर्ट नेपाल | 2020 Nov 05 | 04:38 pm 2587

मकवानपुर, कात्तिक २०ः नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा कार्यरत एक कर्मचारीलाई घुस रकमसहित अख्तियार दुरूपयाेग अनुसन्धान आयोगको टाेलीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा नबौं तहका इन्जिनियर इश्वरीप्रसाद जैसवाल रहेका छन् ।  हेटौंडाको बसपार्कमा रहेको एक होटलमा एक ठेकेदारसँग काम मिलाइने सर्तमा दश लाख रुपैयाँ लिइरहेको अवस्थामा अख्तियार आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले घुस रकम सहित जैसवाललाई नियन्त्रणमा लिएको हो ।

हेटौंडा नवलपराशीको बर्दघाट विद्युत प्रसारण आयोजनामा कार्यरत जैसवालका बिषयमा थप अनुसन्धान जारी रहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय हेटौंडाले जनाएको छ ।

श्रोतका अनुसार एकजना ठेकेदारलाई ठेकेदार र जैसवालबीच केही दिन अघि मात्रै रकम लेनदेनका बिषयमा छलफल भएको बुझिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.