काठमाडौं, २२ जेठ : घरजग्गा व्यवसायी सुधीर बस्नेत जेलबाट छुटेका छन् । १० अर्ब ठगीको आरोपमा जेल परेका बस्नेत सोमबार छुटेका हुन् । उनी सोमबार छुटे पनि मंगलबार मात्र डिल्लीबजार सदरखोरले पुष्टि गरेको हो ।
ओरेन्टल सहकारी, कोहिनूर हिल ९हाउजिङ० आयुसा बिल्डर्सलगायत आठ कम्पनी तथा संस्थाका सञ्चालक बस्नेत १३ पुस २०७३ मा पक्राउ परेका थिए ।
ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो ।
भक्तपुरले पनि २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो । जेल सजाय काटेपछि बस्नेत जरिवाना तिरेर छुटेका हुन् ।