२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्तरुपमा आयोजना गर्ने

| 2018 Jun 14 | 06:13 am 3213

रसिया, जेठ ३१: सन् ०२६ को विश्वकपको आयोजना कसले गर्ने भन्ने छिनोफानो भएको छ । सन् ०२२ को विश्वकप कतारमा हुने भएता पनि ०२६ मा हुने विश्वकपको आयोजना अमेरिका, मेक्सिको र क्यानडाले संयुक्तरूपमा गर्ने भएका छन् ।

विश्व फुटबल महासंघ फिफाको कंग्रेसमा आज भएको मतदानबाट ती देशको नाम टुंगिएको हो । तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजना गर्न पाउनु पर्ने भनी दाबी गरेपछि मतदान भएको थियो । मतदानको परिणाम अनुसार तीन देशको पक्षमा १३४ मत र निकटतम प्रतिस्पर्धी मोरक्कोको पक्षमा ६५ भोट परेको थियो ।

०२६ को विश्वकपमा ४८ देशको सहभागिता हुने भएको छ । अहिले विश्वकपमा ३२ वटा देशले सहभागिता जनाउँदै आएका छन् ।

०२६ को विश्वकपमा कुल ८० खेल हुने भएको छ जसअन्तर्गत सुरूवाती २० खेल मध्ये १०/१० खेल क्यानडा र मेक्सीकोले आयोजना गर्ने भएका छन् भने अन्तिम चरणका बाँकी ६० खेल अमेरिकारमा हुने भएको छ ।

सन् ०१८ को विश्वकपको महाकुम्भ बिहीबारबाट रूसमा सुरू हुँदैछ । पहिलो खेलमा आयोजक रूस र साउदी अरेबियाबीच हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.