ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

| 2024 Sep 20 | 12:06 pm 753

काठमाडौँ, आश्विन ४ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार केही दिनयता लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । महासङ्घका अनुसार सुन आज तोलामा १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ५७ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय १५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.