ह्यारी केनलाई गोल्डेन बुट, कोर्टियसले गोल्डेन ग्लोभ्स पाउँदा बाप्पे बने उत्कृष्ट खेलाडी

रिपोर्ट नेपाल | 2018 Jul 16 | 06:53 am 3880

काठमाडौं, असार ३२: रुस विश्वकप फुटबलमा इङ्ल्याण्डका कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बनेका छन् । र, केनले गोल्डेन बुटको उपाधि प्राप्त गरेका छन् । त्यसैगरी बेल्जियमको किपर थिबाउट कोर्टियसले रुस विश्वकपमा उत्कृष्ट गोलकिपर घोषित भएका छन् । उत्कृष्ट गोलकिपर बन्दै कोर्टियसले गोल्डेन ग्लोभ्स जितेका छन् ।

फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे रुस विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । १९ बर्षे एमबाप्पे फाइनलमा एक गोल गरेका थिए ।

इङ्लिस क्लब टोटनह्यामका स्ट्राईकर समेत रहेका केनले विश्वको उत्कृष्ट स्ट्राईकरको रुपमा गोल्डेन बुट हात पारेका हुन्। उनले रुस विश्वकपमा ६ गोल गरेका थिए । गोल्डेन बुट जित्ने क्रममा उनले बेल्जियमका रोमेलु लुकाकु र फ्रान्सका केलियन एमबाप्पेलाई पछाडी पारे।

विश्वकपको ६ खेलमा उनले ६ गोल गरेका हुन्। केनले समूह चरणमा पानामाविरुद्ध ह्याट्रिक गरेका थिए। बेल्जियमका लुकाकुले ६ खेलमा ४ गोल गरेका थिए । फ्रान्सका एन्टोनी ग्रिजम्यानले ७ खेलमा ४ गोल गरे। फ्रान्सका युवा स्टार एम्बाप्पेसमेत ७ खेलमा ४ गोल गरेका थिए। एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका दोस्रो युवा खेलाडी हुन् ।

त्यसैगरी चेल्सीका किपर समेत रहेका कोर्टियसले बेल्जियमको सेमिफाइनलसम्मको यात्रामा उत्कृष्ट खेलेका थिए। कोर्टियसले बेल्जियमको सबै खेलमा उत्कृष्ट बचाऊ गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.