होलीमा मस्त प्रदेश १ का भिभिआईपी र भिआईपी (तस्बिरसहित)

| 2019 Mar 20 | 08:22 pm 4986

विराटनगर, चैत्र ६ : तराई–मधेशमा होली बिहीबार मनाउने सेड्युल भएपनि विराटनगर भने होलीमा रंगिएका छन् । प्रदेश १ को अस्थायी राजधानीसमेत रहेको यो सहर मारवाडी, मधेशी, पहाडी, आदिवासी र जनजातिको साझा बसोबास स्थल पनि हो ।

त्यस कारण विराटनगरमा होलीको रौनक सुरु भईसकेको छ । संस्थागत रुपमा आयोजना गरिएको होलीका कार्यक्रममा प्रदेश १ का भिभिआईपी र भिआईपीहरुको सहभागिता पनि उत्तिकै देखिएको छ । उनीहरुले पनि निकै धुमधामपूर्वक होली मनाएका छन् ।

सर्वसाधारणसँगै रंग लगाएर प्रदेश प्रमुख, प्रदेश मुख्यमन्त्री, मन्त्रीहरु र प्रमुख राजनीतिक दलका नेता होली मनाउन व्यस्त छन् । विराटनगर आएकी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले जिपी फाउन्डेसन परिसरमा आयोजित होली कार्यक्रममा सहभागी बनिन् । १ नम्बर प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीलगात सहभागी थिए ।

मुख्यमन्त्री कार्यालयले पनि बुधबार अपरान्ह होली कार्यक्रम आयोजना गरेको छ । प्रदेश प्रमुख तुम्बाहाङले आफ्नै निवासमा मंगलबार होली मिलन कार्यक्रम आयोजना गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.