होटल सञ्चालकका ८ बर्षिय छाेराकाे हत्या आफ्नै ड्राइभरले गरे

| 2018 Nov 29 | 06:47 pm 1874

काठमाडौं, मंसिर १३ : काठमाडौंकाे  मित्रनगरस्थित ८ बर्षिय बालक अपहरणपछि हत्यामा आफ्नै ड्राइभर संलग्नता देखिएको छ । त्रिवेणी गेस्ट हाउसका सञ्चालक प्रविण कुवँरका छोरा ८ वर्षीय प्रयास कुवँरको अपरहणपछि हत्यामा उनकै ड्राइभर  महेन्द्र सार्कीकाे संलग्नता देखिएको हाे ।

त्रिवेणी गेस्ट हाउसकै गाडी चलाउँदै आएका स्याङ्जाको भीरकोट नगरपालिका निवासी  सार्कीले आफ्नै मालिकाको छोराको मंगलबार अपहरण गरी हत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए । उनले प्रहरीसँग आफूले अपहरण र हत्या गरेको स्वीकारेका छन् ।

होटल सञ्चालकका छोराको उनकै ड्राइभरले पैसाका लागि अपहरणपछि हत्या गरी मेहेपीस्थित पुलमुनि जेब्रा झोलामा शव राखेको अवस्थामा भेटियो’, उप्रेतीले भने, ‘प्रारम्भिक अनुसन्धानमा बालकको अहपरण पैसाका लागि गरेको देखिएको छ । हत्यामा संलग्न अभियुक्त पक्राउ परिसकेका छन् ।’

पीडित परिवारले दिएको उजुरीको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले सार्कीलाई शंकाको घेरामा राखेको थियो । उनले दिएको बयानका आधारमा प्रहरीले म्हैपी पुलमुनि बालकको शव भेटेको थियाे । त्यसक्रममा उनलाई बुधबार पक्राउ गरेर हिरासतमा राखिएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.