काठमाडौँ, आश्विन २० / अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पुर्याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जोड्ने सडकको कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछिआज दिउँसोबाट सञ्चालनमा आउने भएको छ ।
एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा-काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आइतबार साँझदेखि सञ्चालनमा आउने भएको छ । सिमखोलामा डाइभर्सन बनाएर फिलिङ गर्ने काम सकिएपछि आजदेखि सडक सञ्चालनमा आउने भएको हो ।
हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक कुलेखानी ड्याममुनिको सिमखोलास्थित सडक र महालक्ष्मी खोलानजिकै बाढीपहिरोले क्षति पुर्याएपछि असोज १२ गतेदेखि अवरुद्ध रहेको थियो ।
तत्काल यातायात सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू तयार पारेको र अब कुनै ठुलो समस्या नआए आज दिउँसोबाट सवारीसाधन निर्बाध सञ्चालन गर्न सकिने बताइएको छ।