हेटौंडा उपमहानगरपालिका–८ को फारलाइनलना गएराति ना७त १२९५ नम्वरको ट्याक्टर दुर्घटना हुँदा वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार दुर्घटनामा परेर सख्त घाइते उनको हेटौँडा अस्पतलमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालक हेटौंडा–८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ ।